समाचार
»
एकतन्त्रीय ढंगले पार्टी चलाउन खोजेको भन्दै राप्रपा अध्यक्षमा लोहनीको उम्मेद्वारी
एकतन्त्रीय ढंगले पार्टी चलाउन खोजेको भन्दै राप्रपा अध्यक्षमा लोहनीको उम्मेद्वारी

एकतन्त्रीय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै राप्रपाका रष्ट्रिय अध्यक्ष डा।प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर लोहनीले पार्टीको चुनावी चिन्ह र शक्ति सन्तुलनमा गम्भीर असन्तुष्टि राख्दै अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन्।
बुधबार साँझ लोकेन्द्र बहादुर चन्द्रको निवासमा भएको सहमति अनुसार पार्टी चल्ने नदेखेपछि आफूले उम्मेद्वारी दिएको लोहनीले बताए। उपाध्यक्ष र महामन्त्री कम्तिमा दुई जना निर्वाचित हुनुपर्ने र कार्यकर्ताको मतको सम्मान गर्नुपर्ने भन्दै उनले यस अघिको सहमति जनाएका हुन्।
‘पहिले चुनावी चिन्ह हलो हुनेछ भनेर सहमति गरियो, आज आएर एकलौटी रुपमा चिन्ह र शक्ति सन्तुलनको विषयलाई वेवास्ता गर्दै अघि जान खोजिएको छ, यसमा मेरो गम्भीर असन्तुष्टि छ, पहिलेको सहमति नमान्ने र पछिल्लो सहमति मात्रै मान्नुपर्छ भन्ने हुन्छरु यस्तो एकतन्त्रीय पार्टीको निमार्ण राप्रपाका लाखौ कार्यकर्ताले चाहेका छैनन्,’ उनले भने।
उनले अघि थपे,‘अहिलेको पार्टीको विधान अनुसार कार्यकर्ताहरू कसैको हनुमान भएर बस्नुपर्ने हुन सक्छ, पुरानो सहमति पनि कार्यन्वयन हुनुपर्छ, आधा पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट चुनिनुपर्छ भन्ने मेरो माग हो, पार्टीको नयाँ विधानमा सबै सदस्य मनोनितको व्यवस्था छ, त्यसैले पनि कमल थापालाई अध्यक्ष बनाउने सहमतिको कुनै अर्थ छैन।’
-
0 comments
Write Down Your Responses