समाचार
»
राप्रपाले स्वीकार गर्यो संघीयता, एकता महाधिवेशन आजदेखि::
राप्रपाले स्वीकार गर्यो संघीयता, एकता महाधिवेशन आजदेखि::
काठमाडौं, ०६ फागुन - एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत दिएको छ।
संघीयता वर्तमान राजनीतिक यथार्थ बनिसकेकाले यसको कार्यान्वयन गर्ने तथा हिन्दु राष्ट्र र राजतन्त्रबारे समुचित निर्णय लिने सहमतिसाथ पार्टीको चारदिने एकता महाधिवेशन आज शुक्रबार राजधानीको भृकुटीमण्डपमा हुँदैछ ।
राप्रपा अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भइसकेका छन्। थापालाई अध्यक्ष पदमा निर्विरोध गराउन बुधबार अध्यक्ष पदका प्रत्यासी मानिएका पशुपति शमशेर जबरा तथा डा प्रकाशचन्द्र लोहनीले संयुक्त हस्ताक्षर गरी समर्थनको प्रतिवद्धता जनाएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
0 comments
Write Down Your Responses