Welcome to ...

जानिराखौँ : कुन-कुन देशमा मनाइँदैन भ्यालेन्टाइन्स डे:
आज १४ फेब्रुअरी, विश्वका अधिकांश देशमा भ्यालेन्टाइन्स डे मनाउने तयारी चलिरहेको हुनुपर्छ। नेपालमा पनि यो दिन प्रेमी-प्रेमिकाले एक-आपसमा आ-आफ्ना धारणा खुलेर राख्छन् । तर, संसारमा त्यस्ता देश पनि छन्, जहाँ भ्यालेन्टाइन्स डे मनाउन पाइँदैन । ती देशबारे जानकारी : मलेसिया मलेसियाको जनसंख्यामा ६० प्रतिशत मुस्लिम समुदायका छन् । यही समुदायले भ्यालेन्टाइन्स डे मनाउन प्रतिबन्ध लगाएको छ । प्रणय दिवसका दिन यहाँ घरबाट निस्किनु पनि अत्यन्त खतरनाक हुन्छ । सन् २०१२ मा मलेसियामा प्रहरीले भ्यालेन्टाइन्स डेकै दिन होटेलमा छापा मारेको थियो । र, भ्यालेन्टाइन मनाइरहेकालाई पक्राउ गरेर जेल पठाएको थियो । इरान इरान सरकारले सन् २०११ देखि भ्यालेन्टाइन्स डेमाथि प्रतिबन्ध लगाएको हो । त्यसवेला सरकारी कार्यालयले सञ्चारमाध्यममा सूचना प्रकाशित गर्दै त्यहाँका मानिसलाई चेतावनी दिएको थियो । त्यतिवेलादेखि नै इरानमा रातो गुलाबमाथि पनि प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि कसैले भ्यालेन्टाइन्स डे मनाएको पाइएमा जरिबाना र जेल सजाय हुने सूचना इरान सरकारले बर्सेनि निकाल्दै आएको छ । रुस पूरै रुसमा होइन, बेलगोरोड प्रान्तमा चाहिँ रुसले पनि भ्यालेन्टाइन्स डे ‘सेलिब्रेसन’माथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सन् २०११ बाट सुरु भएको हो । प्रान्तकै जनताले यसको विरोध गर्न थालेको लामो भएको थियो । त्यही विरोधलाई सम्बोधन गर्दै त्यहाँका गभर्नरले यो प्रतिबन्ध लगाएका हुन् । सार्वजनिक रूपमा भ्यालेन्टाइन्स डे नमनाउन आग्रह गरिएको सूचना सरकारले मिडियामा प्रकाशित गर्दै पनि आएको छ । साउदी अरब साउदी अरबमा पनि भ्यालेन्टाइन्स डेमाथि प्रतिबन्ध लगाइएको छ । यो दिन सार्वजनिक बिदा दिनुहुँदैन भन्दै त्यहाँ विभिन्न प्रदर्शन पनि भएका छन् । त्यति मात्र होइन, १४ फेबु्रअरीभन्दा पहिले नै गुलाब, रातो रङका सामान तथा लभ थिमका कार्डमाथि पनि प्रतिबन्ध लगाइएको छ । इन्डोनेसिया इन्डोनेसियामा मुस्लिम समुदायले पनि यो दिनमाथि प्रतिबन्ध लगाएको छ। १४ फेब्रुअरीमा इन्डोनेसियामा कार्ड दिन, गुलाब दिन तथा दुईजना सँगै होटेल जान पनि पाइँदैन। सिंगललाई मात्र होइन, यो प्रतिबन्ध विवाहित जोडीमाथि पनि लगाइएको छ। नयाँ पत्रिका दैनिकबाट
,

0 comments

Write Down Your Responses