नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले एसियन कप छनोटका होम म्याचहरु नेपालमै खेल्ने वातावरण मिलाउन माग गरेका छन् ।
२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले एसियन कप छनोटका होम म्याचहरु नेपालमै खेल्ने वातावरण मिलाउन माग गरेका छन् ।
सोलिडारिटी कप फुटबलका विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा कप्तान गुरुङले रंगशाला नहुँदा होम गेम नेपालमा नहुने आशंका बढेको बताए । उनले भने, ‘रंगशाला भएको भए घरेलु मैदानमा नै खेल्न पाउँथ्यौं । त्यसैले रंगशालाका लागि पहल गर्न आग्रह गर्छु ।’
एसियन कप छनोट ‘होम एण्ड अवे सिस्टम’का आधारमा खेलाइनेछ र नेपालले समूह चरणको तीन खेल नेपालमा हुनेछ । तर, दशरथ रंगशाला मर्मतका क्रममा रहेकाले होम गेम नेपालमा नहुने आशंका बढेको छ ।
अखिल नेपाल फुटबल संघ -एन्फा)ले भने होम गेमका लागि हलचौक मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको विकल्प एएफसी सामू पठाएको छ ।
प्रधानमन्त्री प्रचण्डले यसबारे आवश्यक प्रक्रिया अघि बढाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।
२०७३ फागुन २ गते १५:३२ मा प्रकाशित


0 comments
Write Down Your Responses