Welcome to ...

उत्तर कोरियाद्वारा परमाणु हतियारसहितको मिसाइल परीक्षण गरेको पुष्टि
उत्तर कोरिया । उत्तर कोरियाले नेता किम जोन–उनको उपस्थितिमा आफ्नो देशले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाले आइतबार ब्यालेस्टिक मिसाइलको परीक्षणको गरेको दक्षिण कोरियाले बताएको थियो । तर त्यसको उत्तर कोरियाले तत्कालै केही प्रतिक्रया दिएको थिएन । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले नेता किमको उपस्थितिमा जमिनबाट जमिनमा मार हान्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । परीक्षण गरिएको मिसाइलले मध्यम तथा लामो दूरीमा मार हान्न सक्ने केसिएनएले उल्लेख गरेको छ । परमाणु हतियारसहित आक्रमण गर्न सक्ने मिसाइल परीक्षण भएको केसिएनएले जनाएको छ ।
,

0 comments

Write Down Your Responses