समाचार
»
सर्वदलीय बैठकमा ओली र देउवाबीच चर्काचर्कीnews
सर्वदलीय बैठकमा ओली र देउवाबीच चर्काचर्कीnews

बैठक प्रारम्भ गर्दै प्रधानमन्त्रीले स्थानीय तह निर्वाचनको मिति घोषणाका विषयमा जानकारी गराएका थिए । सरकारले घोषणा गरेको चुनावको मिति, संसद्मा रहेको संविधान संशोधन विधेयक र स्थानीय तहको संख्याका विषयमा छलफल गरी निष्कर्षमा पुग्न सर्वदलीय बैठक आह्वान गरेको उनले बताए । केही ढिला पुगेका एमाले अध्यक्ष ओलीले बोल्न थालेपछि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बीच–बीचमा धारणा राखेका थिए । ओलीले संशोधन प्रस्ताव आफ्नो पार्टीले कुनै हालतमा अगाडि बढाउन नदिने धारणा राखेपछि देउवा झर्किएका थिए । ओलीतिर फर्किंदै देउवाले प्रश्न गरे, ‘त्यसरी कहाँ हुन्छ ? लोकतान्त्रिक प्रक्रिया मानेर अगाडि बढिसकेपछि कुनै विषयलाई प्रक्रियामै जान दिन्नौँ भन्ने पनि हुन्छ र ? यो त तानाशाह भएन र ?’ यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ओलीले राष्ट्रहितविपरीत संशोधन प्रस्ताव रहेको धारणा राखेपछि देउवा झन झोक्किए । ‘फतुर आरोप मात्र लगाएर हुँदैन, राष्ट्रहितविपरीत भएको भए देखाउन सक्नुपर्छ,’ उनले भने, ‘आरोपका लागि आरोप मात्र लगाएर राजनीतिक ट्रयाकलाई बन्धक बनाउनु हुन्न ।’ नेतहरूले एकसरो आ–आफ्नो धारणा राखेपछि प्रधानमन्त्रीले बैठक समापन गरेका थिए । ‘सबैका विचारको सम्मान गर्दै हामी अगाडि जानुपर्छ । सम्भवतः अब भोलिको बैठकबाट सहमतिमै संविधान संशोधन प्रक्रिया संसद्मा लैजानुपर्छ, सबैले सहमतिमा आउन सहयोग गरी निर्वाचनको वातावरण बनाउनुपर्छ, त्यसमा पक्ष प्रतिपक्ष नभई अब सबैको सहमति हुने विश्वासमा सरकार छ’, प्रधानमन्त्रीको भनाई थियो
0 comments
Write Down Your Responses