Welcome to ...

मेक्सिकोसँगको सीमामा पर्खालको निर्माण तोकिएको समय अघि नै सुरु हुने, अमेरिकी नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्रपति ट्रम्पको उद्घोषq
अमेरिकाले मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खालको निर्माण तोकिएको समय भन्दा अघि नै सुरु गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा बनाउने पर्खालको निर्माण चाँडै सुरु हुने बताएका हुन् । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सन र होमल्याण्ड सुरक्षा मन्त्री जोन केलीले आफ्ना मेक्सिकन समकक्षीसँगको भेटको एक दिनपछि ट्रम्पको यस्तो भनाई बाहिर आएको हो । मेरिल्याण्डमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कांग्रेसलाई सम्बोधन गर्दै ट्रम्पले आफूले सधैं अमेरिकी नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने गरेको बताएका हुन् । उनले खराब मानिसलाई अमेरिकाभन्दा बाहिर राख्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए । उनले आइएसलाई पूर्ण रुपमा नष्ट गर्ने दावी गरेका छन् । सीमामा बनाउने भनिएको पर्खाल निर्माणका लागि २१ अर्ब ५० करोड अमेरिकी डलर भन्दा धेरै लाग्ने होमल्याण्ड सुरक्षा मन्त्रालयको आन्तरिक प्रतिवेदनलाई उल्लेख गर्दै अन्तराष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनको अभियानदेखि नै ट्रम्पले पर्खाल बनाउन १२ अर्ब डलर लाग्ने बताउँदै आएका थिए । ट्रम्पले पर्खाल निर्माणका लागि मेक्सिकोले पनि लगानी गर्नु पर्ने बताउँदै आएपनि मेक्सिकोले भने यसलाई अस्वीकार गरेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सञ्चारमाध्यमबीचको टकराव बढ्दै गएको छ । सम्बोधनका क्रममा सुरुको १३ मिनेट सञ्चारमाध्यमको आलोचनामा खर्चेका थिए । ट्रम्पको पत्रकार सम्मेलनमा आफूहरुलाई प्रवेश नदिएको भन्दै बीबीसी, सिएनएन लगायतका पत्तकारहरुले असन्तुष्टि समेत जनाएका छन् ।

0 comments

Write Down Your Responses