साढे ६ लाख भक्तजनद्वारा पशुपतिको दर्शन1
।
मेला भर्ना भारतबाट आएका साधुसन्त र नागा बाबा मन्दिर परिसरमा उल्लेख्य देखिन्थे । उनीहरूलाई कोषले दाउरा तथा गाँजाको व्यवस्था गरेको थियो । उनीहरू धुनी जगाउँदै गाँजा तानिरहेका देखिन्थे । अघोरी बाबा भने भश्मेश्वर घाटआसपासका क्षेत्रमा देखिन्थे । उनीहरू स्वदेशी तथा विदेशी रमितेमाझ विभिन्न चटक देखाउन मस्त थिए । उदासी बाबाहरू राम मन्दिरआसपासका क्षेत्रमा धुनी जगाउँदै बसेका थिए । परिवारसहित रहेका उनीहरूले पनि गाँजा तानेको देखिन्थ्यो । कोषले मन्दिर दर्शन गर्न भारतबाट पाँच हजार बाब आएको जनाएको छ ।
महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवं महात्माका लागि कोष र गुठी संस्थानले ११ फागुनदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेको छ ।


0 comments
Write Down Your Responses