कमाइको दस प्रतिशत बाबुआमालाई reed mor>>>
।
मन्त्री थापाले बाबुआमालाई समय दिन नसक्ने सन्तानले समेत हेरचाहको व्यवस्थापन गर्न प्रत्येक जिल्लामा ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम बनाउने लक्ष्यअनुसार यो वर्ष कम्तीमा प्रत्येक प्रदेशमा एउटाका दरले सशुल्क आश्रम बनाउने बताए।
'त्यहाँ ७५ प्रतिशत पैसा तिर्न सक्ने बस्छन्, २५ प्रतिशत ठाउँ विपन्न र तिर्न नसक्नेले पाउँछन्', मन्त्री खड्काले जानकारी दिए। उनले दीर्घकालीन रुपमा प्रत्येक स्थानीय निकायमा एउटा वृद्धाश्रम रहने गरी आगामी आर्थिक वर्षमा ४९० वटा यस्ता केन्द्र खोलिने र यो वर्ष ४० वटा खोल्ने बताए।
मन्त्रालयले प्रत्येक जिल्लामा बालबालिकाका लागि खेलकुद, मनोरञ्जन र शारीरिक अभ्यास सेवासहितको सुन्दर बगैंचा बनाउने कार्यक्रमअनुसार आगामी वर्ष २१ र यो वर्ष १० वटा बालउद्यान बनाउने जनाएको छ।
मन्त्री खड्काले देशका कुनै पनि ठाउँमा महिलामाथि भएका घरेलु हिंसालगायत सबै प्रकारका हिंसाका घटनामा राज्यले पीडितको उद्धार गर्ने, कानुनी सहायता दिने, उपचार तथा पुनःस्थापना गर्न तत्काल जिम्मेवार समूहको निर्माण गर्ने बताए।


0 comments
Write Down Your Responses