स्वास्थ्य
»
समयमा पर्याप्त मात्रामा खाना नखानु, धेरै खानु, हानिकारक खाना खानु किशोरकिशोरीको स्वास्थ्य निम्ति प्रतिकूल छ ।reed mor>>
समयमा पर्याप्त मात्रामा खाना नखानु, धेरै खानु, हानिकारक खाना खानु किशोरकिशोरीको स्वास्थ्य निम्ति प्रतिकूल छ ।reed mor>>
पुस ८, २०७३- बानेश्वरीकी निश्मा शर्मा (नाम परिवर्तन) १५ वर्षको उमेरमा ७० केजीकी छन् ।
न्युरोडका १२ वर्षीय आकाश २० केजीका छन् ।
निश्मा तथा आकाश त उदाहरण मात्र हुन् । अहिले धेरै किशोरकिशोरी या अनियन्त्रित खानपानका कारण धेरै मोटा (ओविज) हुने या यथोचित नखाएर कुपोषण (मालन्युट्रिसन) को सिकार हुने गरेका छन् । राम्रो र फूर्तिलो देखिने मन सबैको हुन्छ । यो रहर फुलफिल हुन खानाको ठूलो भूमिका रहेको हुन्छ । अर्थात् उमेरअनुसारको ब्यालेन्स्ड डाइट चाहिन्छ । किशोरकिशोरीले त झनै ।
१० देखि १७ वर्षसम्म मानिसमा तीव्रतर रूपले शारीरिक, रासायनिक र भावनात्मक विकास हुन्छ । किशोरीमा १० देखि १३ वर्ष र किशोरमा १२ देखि १५ वर्षमा यस्तो विकास केन्द्रित हुन्छ । यो उमेरमा क्यालोरी, प्रोटिन, भिटामिन र खनिज तत्त्वको आवश्यकता अन्य अवस्थामा भन्दा बढी पर्ने अल्का अस्पतालकी डाइटिसियन विनिता पन्त बताउँछिन् ।
इनर्जी– किशोरकिशोरीका लागि शक्तिको आवश्यकता फरक हुन्छ । शारीरिक वृद्धि र विकास साथै शारीरिक कार्यका लागि क्यालोरीको मात्रा अन्य उमेरमा भन्दा यो उमेरमा बढी आवश्यक हुन्छ ।
प्रोटिन– यौवनावस्थामा आउने विभिन्न शारीरिक परिवर्तनका लागि आवश्यक प्रोटिनको मात्रा पुग्नुपर्छ । किशोरमा मांसपेशीको विकासका लागि किशोरीको भन्दा बढी प्रोटिनको आवश्यकता हुन्छ ।
चिल्लो– चिल्लोको मात्रा यो उमेरमा बढी नै हुने गर्छ । किनभने शरीरको २२ प्रतिशत चिल्लो ओभुलेसनका लागि प्रयोग हुन्छ । साथै शारीरिक मांसपेशी निर्माणका लागि पनि चिल्लोको मात्रा बढी चाहिन्छ ।
मिनरल्स– अन्य उमेरमा भन्दा यस अवस्थामा क्याल्सियमको मात्रा बढी चाहिने डाइटिसियन विनिता बताउँछिन् । प्रत्येक दिन ८ सय मिलिग्राम क्याल्सियमको आवश्यकता पर्छ । यो हड्डीको विकासका लागि आवश्यक पर्छ । यो अवस्थामा क्याल्सियमको कमी भएमा अस्टियोपोरोसिस हुने सम्भावना रहन्छ ।
आइरन– लौह तत्त्वको आवश्यकता पनि यो उमेरमा अन्य उमेरमा भन्दा बढी आवश्यक हुन्छ । मांसपेशीको वृद्धिसँगै हेमोग्लोबिनको आवश्यकता बढी पर्छ । यसका लागि आइरनको आवश्यकता पर्छ । साथै किशोरीमा महिनावारीको समयमा हुने रगतको नोक्सानीका कारणले शरीरमा रगत परिपूर्तिका लागि आइरनको मात्रा बढी चाहिन्छ । किशोरका लागि ३५ देखि ५० मिलिग्राम र किशोरीका लागि ३५ देखि ४० मिलिग्राम आइरन प्रत्येक दिन आवश्यकता रहन्छ ।
भिटामिन– फोलोरिन र भिटामिन बी १२, डीएनए र आरएनए बन्नका लागि आवश्यक हुन्छ । कोषहरूको विकासका लागि एमिनो एसिड बन्नुपर्ने हुन्छ । त्यसका लागि भिटामिन बी ६ को आवश्यकता पर्छ । हड्डीको विकासका लागि भिटामिन डीको आवश्यकता पर्छ
0 comments
Write Down Your Responses