अभियानको प्रचार गर्ने एमाले नेतालाई मोर्चाद्वारा कालोमोसो1
।
मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेविरुद्व मधेसी जनता आक्रोशित रहेको बेला पनि आफ्नो गतिविधीलाई निरन्तरता दिएपछि थप आक्रोशित भएर उक्त घटना भएको बताएका छन् । जनताले स्वत स्फुर्त रुपमा कालोमासो दलेको उनको दाबी छ ।
यता, एमाले अध्यक्ष गोविन्द न्यौपानेले भने मोटरसाईकलमा काम विशेषले वजार निस्किएका चौधरीलाई मोर्चाका कार्यकर्ताले गाडीमा कालो झण्डा राख्न र पार्टी छोड्न धम्की दिएपछि सोको प्रतिवाद गर्दा पछाडिबाट मोसो दलिएको भन्दै आपत्ती जनाएका छन् । उनले पार्टी सचिव शम्भु यादवको पैसा र पर्चा सामग्री सहितको झोला समेत मोर्चाका कार्यकर्ताले लिएर गएको वताउँदै त्यस्ता ब्यक्तिलाई कारवाही गर्न समेत माग गरेका छन् ।
यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा सामान्य झडप समेत भएको थियो ।
अभियानको पर्चा बितरण र घरदैलो गरिरहेको समयमा मोर्चा र एमाले कार्यकर्ताबीच सुरु भएको झडप प्रहरीले सामान्य वनाएको थियो ।


0 comments
Write Down Your Responses