एमाले समर्थकलाई सप्तरीमा मोर्चाको सामाजिक बहिस्कार1
मृतकलाई सहिद घोषणा, परिवारलाई राहत तथा पीडित परिवारको एक जना सदस्यलाई सरकारी रोजगारीको व्यवस्था गर्नसमेत माग गरेको छ।
त्यस्तै, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र तत्कालै उपचारको व्यवस्था मिलाउनु पर्ने, उच्चस्तरीय समावेशी न्यायीक छानविन आयोग गठन गरी घटनाको छानविन गर्नुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने, सप्तरीका सिडिओ, प्रहरीका एसपी र डिएसपीलाई निलम्बन गर्नुपर्ने माग पनि गरिएको छ ।
विज्ञप्तीमार्फत् मोर्चाले परिमार्जनसहितको संविधान संशोधन तत्काल संसदबाट पारित गर्न, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा राजनीतिक सभा गर्न दिनेलाई कारवाही गर्नसमेत माग गरेको छ।
त्यस्तै, नेकपा एमालेका समर्थकलाई सप्तरी जिल्लामा सामाजिक बहिस्कार गरी अनिश्चितकालिन आम हड्तालको समेत मोर्चा सप्तरीले आह्वान गरेको छ।


0 comments
Write Down Your Responses