टेलिकमको अफरः 1200 एमबी डाटा 90 रुपैयाँमा
नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ। अफर करसहित भएको टेलिकमले जनाएको छ।
टेलिकमले फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराउनेछ।
त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने छ।
नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ। अफर करसहित भएको टेलिकमले जनाएको छ।
२०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म यो अफर रहने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

0 comments
Write Down Your Responses