मधेसी मोर्चालाई ओलीको प्रश्नः1 राजनीति गर्ने कि गुण्डागर्दी ?
सप्तरीमा एमाले कार्यकर्तालाई कालो मोसो दल्नुका साथै एमाले सांसद रञ्जु ठाकुरको गाडीमा ढुंगागुढा भएपछि ओली मोर्चाप्रति आक्रमक भएका हुन् । बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘यो राजनीति होइन, गुण्डागर्दी हो । यदि गुण्डागर्दी गर्न खोजेको हो भने एमाले पिछ्यू फर्किएर भाग्दैन ।’
राजविराजमा एमाले कार्यकर्तामाथि आक्रमणका साथै लुटपाट भएको भन्दै उनले राजनीति गर्न खोजेको कि गुण्डागर्दी प्रष्ट पार्न मधेसी मार्चालाई आग्रह गरे । उनले अघि भने, ‘मधेसी मोर्चाले राजनीति गर्ने हो भने राजनीतिक रुपमा बैचारिक प्रतिवाद गर्छौं ।’
एमालेले सिंगो मधेसमा ४० सिट जितेको भन्दै उनले मधेसको पार्टी एमाले कि मधेसी मोर्चा भनेर प्रश्न गरे ।
मेची महाकाली अभियानबाट पनि मधेसमा एमाले के हो भनेर देखाउने भन्दै उनले यसबाट आत्तिएर उनीहरु आपराधिक गतिविधिमा लागेको आरोप लगाए ।
फागुन २३ गते राजविराजमा आसमभा गर्ने आफूहरुको पूर्व निर्धारित कार्यक्रम भएको भन्दै ओलीले त्यही दिन बन्द गर्ने राजनीतिक कार्यक्रम हुन नसक्ने बताए । सुरक्षा दिने काम सरकारको भएको भन्दै आमसभा गरिछाड्ने बताए ।


0 comments
Write Down Your Responses