Welcome to ...

बजारमा आयो शाकाहारी कण्डम1
सस्टेन नेचुरल ब्रान्ड नामबाट एउटा अर्को ‘शाकाहारी’ कण्डम बजारमा आएको छ । कुनै पनि जनावरको उत्पादन प्रयोग गर्न अस्विकार गर्ने शाकाहारीका लागि उक्त कम्पनीले सस्टेन कण्डमको क्यासिन बजारमा भित्र्याएको छ । क्यासिन एउटा यस्तो मिल्क प्रोटिन हो जसका प्रयोग साधारणतया अन्य ल्याटेक्स कण्डममा हुने गर्दछ । यसका साथै यो कण्डम पर्यावरण अनुकुल पनि छ । प्रयोगपश्चात् यसलाई फ्याँकिदा यसले माटोलाई विषालु बनाउँदैन । सस्टेन न्याचुरलका सह संस्थापक मिका होलन्डर भन्छन्, ‘सस्टेन कण्डममा प्रयोग हुने ल्याटेक्स दक्षिण भारतमा बनाइने रबरबाट बनाइएको हो ।’ उनका अनुसार साधारणतया मानिसहरु आफ्नो खाना र मेकअपमा प्रयोग हुने सामग्रीको विषयमा सचेत हुने गर्दछन् तर कण्डमजस्तो उत्पादनको विषयमा उनीहरु सचेत हुँदैनन् जसको प्रयोग हाम्रो शरिरको सबैभन्दा अतंरंग अंगमा हुने गर्दछ । क्यान्सरजन्य पदार्थ मुक्तः नाइट्रोसमिन क्यान्सर जन्माउने एक सामग्री हो जसको प्रयोग अन्य साधारण कण्डमको ब्रान्ड र मेकअप सामग्रीमा हुने गर्दछ । सस्टेन कण्डम नाइट्रोसमिन मुक्त छ ।

0 comments

Write Down Your Responses