Welcome to ...

मधेशी मोर्चालाई एमाले महासचिवको चुनौति–अभियानमा बाधा गरे कडा जवाफ दिन्छौँ reed mor
झापा– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीको मेची–महाकाली अभियानमा मधेसी मोर्चाले अवरोध गर्न खोजे कडा जवाफ दिने चेतावनी दिएका छन् । पार्टीको आजदेखि सुरु भएको अभियानलाई बिर्तामोडमा सम्बोधन गर्दै पोखरेलले भने– –राष्ट्रिय अभियान शुरु गरेको छ । राष्ट्रिय एकताका लागि हो । सामाजिक सद्भाव खलबललिन नदिने संकल्प हो । –यो अभियान संविधानको प्रभावकारी कार्यन्वयनका लागि हो । –यो अभियान नेपाल कसैको अधिनमा रहदैन । सार्वभौम रहन्छ भन्ने उद्घोष गर्नका लागि हो । –नेपाल अव आत्मनिर्भरताको बाटोमा अगाडि बढ्छ भन्नका लागि हो । –राष्ट्रिय जागरणको शुरु गरेका छौँ । –एमाले देशलाई कमजोर हुन दिन चाहदैन भन्ने प्रतिबद्धता दोहोराउन चाहन्छौँ । –हामी शान्तिपूर्ण ढंगले कार्यक्रम अगाढि बढाउन चाहन्छौँ । देशका लागि एमाले सवै छाडेर दृढतापूवर्क उभिन्छ भन्ने सन्देश दिनका लागि अभियान थालेका हौँ । –यो कार्यक्रम फागुन २१ गते आयोजना गर्नुको ऐतिहासिक महत्व छ । सहिदहरुको सपना साकार पार्ने हाम्रो संकल्पलाई हामीले यो अभियानमा उद्घोष गर्न चाहेका हौँ । –कसैको विरोधमा, कसै जाती विशेषको विरोधमा अभियान बनाएका होइनौँ । –देशभन्दा प्यारो एमालेका लागि केही हुँदैन । –देशको लागि, आन्दोलनबाट प्राप्त अधिकारको रक्षाका लागि अभियान थालेको हौँ । –अभियान रोक्न कसैले कोशिष नगरुनन् । कसैले बाधा गर्छ भने कडा जवाफ दिन्छौ । हामी कसैमाथि जाइलाग्दैनौ । आइलागे जवाफ दिनुपर्छ भन्ने हामीले बुझेका छौँ । हामी प्रदृे न २मयस्ता कार्यक्रम गर्दै जान्छौँ । –हाम्रो स्वाधीनतामाथि खलल पुराउने शक्तिसँग प्रतिवादन हामी तयार छौँ । हिजो संविधान जारी गर्न रोक्नेको हामीले कडा प्रतिबाद्ध गर्यौँ । अहिले तिनै तत्वहरु संविधान कार्यन्वपन नहोस भनेर मुलुकमा आगो सलकउाने कोशिष गरेका छन । हिजो जारी नगर भन्दा भन्दा नेपाली जनताको अधिकार हो भनेर जारी गर्यो । कार्यन्वयन गर्न बाधा गर्छौ भने हामी सामना गरेर कार्यवयन गर्छौँ । निर्वाचन गर्न सकिएन भने संविधान कार्यन्वयन हुन सक्दैन । तसर्थ हामी संविधानमा गएर संविधान कार्यन्पयनलाई साकार रुप दिन चाहन्छौ । हामी लोकतन्त्रमा विश्वास गर्छौ । कसैले कमजारे पार्छ भने हामी सहन्नौँ । –मधेशलाई भेदभाद गरियो भन्ने कुरा अगाडि सारियो । भेदभावको राप राखेर नेपाली समाज बिखण्डन गर्ने काम हुँदैछ । हामी त्यसको मुकाविला गर्छौँ

0 comments

Write Down Your Responses