समाचार
»
दाहसंस्कारकाेलागि ठिक्क पारेकाे बालिकाकाे शव एकाएक प्रहरीले उठायाे बलात्कारपछि हत्या गरेकाे अाराेप1
दाहसंस्कारकाेलागि ठिक्क पारेकाे बालिकाकाे शव एकाएक प्रहरीले उठायाे बलात्कारपछि हत्या गरेकाे अाराेप1
सुनसरी । सुनसरीकाे धरान १६जोरसखुवास्थित धर्मपुत्रीकाे रूपमा पालिएकी १३ बर्षीया एक बालिकाकाे रहस्यमय मृत्यु भएपछि तिन दिन यता बालिकाकाे हत्या भएकाे भन्दै धरानबासीहरू अान्दाेलनमा उत्रेका छन । जोरसखुवा छेउ बस्ने बलिमान राई र पदमकुमारी राईले धर्मपुत्रीको रुपमा पालेकी १३ बर्षिया बालिका अनुसा राईकाे साेमबार राती रहस्यमय मृत्यु भएपछि अाफन्त तथा धरानवासिहरूले बालिकाकाे हत्या भएकाे भन्दै अान्दाेलनमा उत्रेका हुन ।

घटनाकाे सत्य तथ्य छानविन गरी दाेषीलार्इ कडा भन्दा कडा कार्वाहीकाे माग गर्दै बालिकाका अाफन्तहरूले तिन दिन देखी प्रहरी प्रसाशन र जोरसखुवास्थित बलिमान राई र पदमकुमारी राईबिरूद्ध प्रदर्शन गर्न थालेका छन । स्थानीयहरूका अनुसार बालिकालार्इ गाउलेकाे अघि मेराे छाेरी भन्ने गरेपनि रार्इद्वयले साझमा निर्घाट कुटपिट गर्ने र त्यसैकाे यातना खप्न नसकेर बालिकाले बिष सेवन गरेकाे हुने सक्ने अनुमान लगाउदै अाएका छन ।
0 comments
Write Down Your Responses