रवीन्द्र मिश्रको दलकाे नाम ‘साझा पार्टी’1
साझा पार्टीको चुनाव चिन्ह भने तराजु प्रस्तावित गरिएको छ। मिश्रको संयोजकत्वमा दर्ता हुन लागेको साझा पार्टीको औपचारिक घोषणामा केही दिनभित्र हुँदैछ। पार्टीमा तत्काल को को छन् भन्ने उनले सार्वजनिक भने गरिसकेका छैनन्।
विगत २२ वर्षदेखि बीबीसी नेपाली सेवामा सक्रिय रहेका मिश्रले मंगलबार राजिनामा दिएका थिए।
मिश्रले सन् २००२ मा लण्डन विश्वविद्यालयबाट अन्तराष्ट्र्रिय राजनीतिमा स्नातकोत्तर गरेका थिए।
निर्देशक दीपक रौनियारले निर्देशन गरेको चलचित्र ‘हाइवे’मा अभिनय समेत गरेका छन्।
केही दिनभित्रै नयाँ राजनीतिक दलका रूपमा साझा पार्टीकाे औपचारिक घोषणा गर्ने तयारीमा उनी जुटेका छन्।


0 comments
Write Down Your Responses