अन्तरास्ट्रिय
»
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजुको हत्या
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजुको हत्या

मलेसिया—उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको मलेसियामा हत्या भएको छ। उनी कोरियाका पूर्व शासक कोम जोङ इलका साउतेनी आमापट्टिका जेठा छोरा हुन्। ४५ वर्षको उमेरमा उनको हत्या भएको बीबीसीले उल्लेख गरेको छ।
उत्तर कोरियामा किम जोङ उन सर्वोच्च नेता बन्नु अघि उनलाई किम जोङ उनको उत्तराधिकारीको रुपमा पनि हेरिएको थियो। सन् २००१ मा उनी नक्कली राहदानीमा जापान प्रवेश गर्ने प्रयास गरेका थिए। पक्राउ परेपछि उनले जापानी अधिकारीहरुलाई आफू टोकियोको डिज्नेल्यान्ड घुम्न जान लागेको बताएका थिए।
मलेसियाको प्रहरीले विमानस्थलमा एक उत्तर कोरियाली पुरुषको मृत्यु भएको जनाएको छ। प्रहरीले मृतक व्यक्तिको पहिचान खुलाएको छैन। मेलसियाली प्रधानमन्त्री निकट स्रोतले मृतक व्यक्ति उत्तर कोरियाली सर्वोच्च नेताका दाजु भएको जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स तथा दक्षिण कोरियाली समाचार संस्था योनापले दक्षिण कोरियाली सरकारी अधिकारीको सूचनालाई आधार मानेर किमको मृत्युको समाचार सम्प्रेषण गरेका छन्। कोरियाली टेलिभिजन चोसनका अनुसार किमलाई क्वालालम्पुर विमानस्थलमा दुई महिलाले विष सेवन गराएका थिए। स्वतन्त्र पुष्टि हुन बाँकी यसबारे सुरक्षा निकायले अनुसन्धान गरिरहेको जनाइएको छ।
उत्तर कोरियामा किम जोङ उन सर्वोच्च नेता बन्नु अघि उनलाई किम जोङ उनको उत्तराधिकारीको रुपमा पनि हेरिएको थियो। सन् २००१ मा उनी नक्कली राहदानीमा जापान प्रवेश गर्ने प्रयास गरेका थिए। पक्राउ परेपछि उनले जापानी अधिकारीहरुलाई आफू टोकियोको डिज्नेल्यान्ड घुम्न जान लागेको बताएका थिए। सो घटनापछि उनका पिताले उनलाई उत्तराधिकारीको सूचिबाट हटाएको धेरैको विश्वास छ।
उनलाई उत्तराधिकारीको रुपमा लिएपछि उनी लो प्रोफाइलमा बस्दै आएका थिए। अधिकांश समय उनी चीनमा जुवाको स्वर्ग मानिएको मकाओमा बस्थे। सन् २०११ मा उनलाई उदृत गर्दै जापानी मिडियाहरुले उनी वंश सत्ताको विरुद्ध भएको जनाएका थिए। उत्तर कोरियाको शासकीय शैली पुरानो भएको भन्दै उनले चीनको जस्तो आर्थिक नीति लागू गर्नुपर्ने धारणा उनको थियो।
उनलाई बारम्बार हत्या गर्ने प्रयास भएका थिए। सन् २०१२ मा दक्षिण कोरियामा पक्राउ परेका उत्तर कोरियाली जासुसले नामलाई हत्या गर्न संगठित रुपमा योजना बनाएको सार्वजनिक गरेका थिए।
0 comments
Write Down Your Responses