Welcome to ...

भारतले एकसाथ १०४ उपग्रह प्रक्षेपण गर्दै अमेरिका, रुस र चीनलाई झट्का
एजेन्सी: भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (आइसरो)ले बुधबार अर्थात १५ फेब्रअरीमा एउटै रकेटबाट १ सय ४ वटा उपग्रह परीक्षण गरेर विश्‍व रेकर्ड कायम गर्ने भएको छ। अमेरिका, रुस र चीनलाई पछि पार्दै उसले विश्‍वमा पहिलो पटक एउटै मेसिनबाट सयबढी उपग्रहको प्रक्षेपण गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। डेली मेलका अनुसार आइसरोले बुधबार बिहान ९ बजेर २८ मिनेटमा एउटै रकेटबाट सय बढी उपग्रह प्रक्षेपण गर्न लागेको हो। यसअघि रुसले सन् २०१४ मा एकै साथ ३७ वटा स्याटालाइट प्रक्षेपण गरे पनि विश्‍वमा अरु देशले यति धेरै उपग्रहलाई प्रक्षेपण गरेको छैन। भारतले यो प्रक्षेपण सफल बनाएमा विश्‍वमा नयाँ रेकर्ड कायम हुने अन्तराष्ट्रिय सञ्‍चारमाध्यमले उल्लेख गरेको छ। भारतले प्रक्षेपण गर्न लागेको रकेटको नाम पीएसएलवी-सी ३७, काटरेसैट-२ सीरीज स्‍याटालाइट मिसन हो। यो मिसनलाई भारको श्रीहरिकोटाबाट भारतीय समय अनुसार ९ बजेर २८ मिनेटमा गरिँदै छ। पोलार स्याटालाइट लन्च भिकलले आफ्नो ३९ औ उडानमा १ सय ३ यात्रीलाई पनि उपग्रहसँगै लैजाने तयारी गरेको छ। स्याटालाइटमा जाने यात्रीहरुले पृथ्वीको अध्ययन गर्ने बताइएको छ।

0 comments

Write Down Your Responses