आईजीपी नियुक्ति विवाद : नवराज सिलवालको पक्षमा सर्वोच्चको निर्णय1
काठमाडौं : सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमाथिको लामो छलफलपछि डीआईजी नवराज सिलवालको पक्षमा निर्णय गरेको छ । लामो बहसपछि बुधबार सर्वोच्चले तेस्रो नम्बरका डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्ती गर्ने सरकारको निर्णय रोक्ने गरी यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिदैँ पहिलो नम्बरका डीआईजी नवराज सिलवालको पक्षमा निर्णय सुनाएको हो।
प्रहरी प्रमुखमा ज्येष्ठताका आधारमा डीआईजी नवराज सिलवाल नियुक्त हुनुपर्ने माग राखेर अधिवक्ता कपिलदेव ढकाल र सिलवालले भिन्नाभिन्नै रिट दायर गरेका थिए ।


0 comments
Write Down Your Responses