Welcome to ...

कप्तान खड्का सद्भावना दूतमा नियुक्त1
काठमाडौँ, १८ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त हुनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले विसं २०७२ को भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनःनिर्माण गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएकाले यस काममा सहभागी हुन आम नेपाली युवालाई आग्रह गर्नुभयो । उहाँले पुनःनिर्माणका लागि प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा पहिलो चरणमा करिब एक हजार स्वयम्सेवक इन्जिनियर विद्यार्थीलाई आगामी शुक्रबारदेखि खटाउन लागेको जानकारी दिनुभयो । त्यस्तै कप्तान खड्काले राष्ट्रिय स्वयम्सेवकको सद्भावना दूतमा नियुक्त हुनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो

0 comments

Write Down Your Responses