समाचार
»
निर्दयी सन्तानकालागि अाउदैछ नयाँ कानुन – अामा बाबालार्इ वृद्धाश्रम हैन घरमै राखेर कमाएकाे सम्पती समेत दिनुपर्ने1
निर्दयी सन्तानकालागि अाउदैछ नयाँ कानुन – अामा बाबालार्इ वृद्धाश्रम हैन घरमै राखेर कमाएकाे सम्पती समेत दिनुपर्ने1
काठमाडौँ, १८ फागुन । राष्ट्र«पति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तर्जुमा हुन लागेको बताउनुभएको छ । मनमोहन प्रतिष्ठानले आज राष्ट्र«पति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले यससम्बन्धी कानुन मस्यौदा गरिरहेको जानकारी आफूले पाएको बताउनुभयो ।

“सम्पत्तिको ७५ प्रतिशतमात्र अंशका रुपमा छोराछोरीलाई बाँडिने र २५ प्रतिशत वृद्धवृद्धाकै नाममा हुने व्यवस्था पनि कानुनमा हुँदैछ, वृद्धवृद्धालाई आश्रममा राख्ने व्यवस्थाभन्दा घरमा सम्मानसाथ तीन पुस्ता बस्ने संस्कारको पुनःर्जागरण गरिनुपर्छ”– उहाँले भन्नुभयो । सडकलगायत पूर्वाधार वृद्धवृद्धा, बालबालिका र अपाङ्गमैत्री हुनुपर्नेमा राष्ट्र«पति भण्डारीले जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष एवम् सांसद भरतमोहन अधिकारीले कमजोर बनेका ज्येष्ठ नागरिक र बालबालिकालाई देश दर्शन गराई पुनर्ताजगी गर्ने उद्देश्यले यस वर्ष छैठौँपटक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses