Welcome to ...

भेडाको ऊन र मासुबाट १० करोड बढी आम्दानी
भेडाको ऊन र मासुबाट १० करोड बढी आम्दानी ३ चैत, लमजुङ। भेडाको ऊन तथा मासुबाट रु १० करोड बढी आम्दानी भएको छ । जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुन्छ । भेडाको मासु प्रतिकिलो रु ५०० का दरले बिक्री हुने गर्छ । ‘वार्षिक पाँच हजार किलो ऊन उत्पादन हुन्छ,’ घिमिरेले भने । ऊनबाट स्थानीयवासीले राडीपाखीलगायत कपडा बनाएर बिक्री गर्ने गर्दछन् । गोठमा पालिएका बाख्राबाट समेत किसानले मनग्य आम्दानी गर्दैआएका छन् । घुम्ती गोठमा आठ हजार बढी बाख्रा भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । खसी बोकाको मासुबाट मात्रै बर्सेनि रु ६ करोडभन्दा बढी आम्दानी हुने गरेको छ । जिल्लामा ८५८ घरधुरीले घुम्ती गोठमा भेडापालन गर्दैआएका छन् । घुम्ती गोठमा पालिएका भेडा अधिकांश पोखरा, काठमाडौंलगायत सहरमा बिक्री गर्न लैजाने गरेका पाइएको छ । २०७३ चैत ३ गते १३:०९ मा प्रकाशित

0 comments

Write Down Your Responses