कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगतै पोखरामा आयोजित एक कार्यक्रममा प्रहरी उपरिक्षक घनश्याम अर्यालले भनेका थिए ‘ मेरो कार्यकालमा पोखराबाट यौन ब्यवसाय निर्मुल पार्छु । ’
गएको फागुन १८ गते थ्रि एन्जल्स नेपालको सहयोगमा महिला उत्थान तथा जागरण केन्द्र कास्कीले पोखरामा यौनकर्मीको अबस्था सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा उनले यौनकर्मीसँग सम्पर्क स्थापित गर्ने प्रहरी भेटिएमा तत्काल जागिरबाट निकाल्ने चेतावनी दिएका थिए । विभिन्न संघसंस्थाको सहकार्यमा विशेष अपेशन सञ्चालन गरी अवैध यौन ब्यवसाय बन्द गराउने उद्घोष गरेका अर्यालको कार्यकालमा पोखरामा झन् यो ब्यवसायमा बृद्धि भएको छ ।
0 comments
Write Down Your Responses