साउदी अरेबियामा गठन भयो महिला बिनाको महिला परिषद्
महिला परिषदको पहिलो बैठकको भनी सार्वजनिक गरिएको बैठकमा १३ जना पुरुष मात्रै सहभागी छन् । त्यहाँ जना पनि महिला देखिदैनन् ।
शनिबार भएको महिला परिषद्को बैठकमा पुरुषमात्रै भएको फोटो सार्वजनिक भएपछि फोटो सोसल मिडियामा हजारौं सेयर भएका छन् ।
महिला काउन्सिलकी अध्यक्ष अबिर बिन्त सलमानलाई तोकिएको छ । उनी प्रान्तका गभर्नर मिशाल बिन साउदकी पत्नी हुन् । काउन्सिलकी अध्यक्ष समेत फोटोमा कतै देखिन्नन्।
परिषद्को बैठकको क्रममा महिलाहरुलाई छुट्टै कोठामा राखिएको थियो जसले भिडियो कन्फ्रेन्सबाट बैठक हेर्न सक्थे ।


0 comments
Write Down Your Responses