स्वास्थ्य
»
जनस्वास्थ्यलाई ध्यानमा राखी सुर्तिजन्य पदार्थको विक्रीवितरणमा कडाई
जनस्वास्थ्यलाई ध्यानमा राखी सुर्तिजन्य पदार्थको विक्रीवितरणमा कडाई
काठमाडौं । दैनिक उपभोग्य बस्तु विक्री वितरण गर्ने पसलबाट अवदेखि सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नपाइने भएको छ । सरकारको नयाँ नियम अनुसार चैत १ गतेदेखि सुर्तीजन्य पदार्थको विक्री वितरणका लागि आन्तरिक राजश्व कार्यालयबाट छुट्टै इजाजत पत्र लिनुपर्ने छ भने पसल समेत अलग्गै हुनुपर्नेछ ।
गत ६ माघको मन्त्रिपरिषद् बैठकले सुर्तीजन्य पदार्थको बिक्रीवितरणलाई व्यवस्थित र मर्यादित बनाउन १ चैत देखि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा ११ को उपदफा ६ कार्यान्वयन ल्याउने निर्णय गरेको थियो ।
त्यस अनुसार अव १८ बर्ष नपुगेका व्यक्ति सुर्तीजन्य पदार्थ खरीद विक्रीमा सहभागी हुन पाउने छैनन् । गर्भवती महिलाले समेत खरीद विक्री गर्न पाउने छैनन् । सुर्तीजन्य पदार्थको विक्री वितरण गर्ने पसलमा त्यसका लागि ३० सेन्टीमिटर लम्बाई र २० सेन्टीमिटर चौडाई भएको सूचनापाटी नै राख्नुपर्नेछ ।
शिक्षण तथा स्वास्थ्य संस्था, बालगृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय, तथा तोकिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर पसलबाट समेत विक्री वितरण गर्न पाउनेछैन् ।
सुर्ती जन्य पदार्थ नियन्त्रणका लागि करीव ५ बर्ष अघि बनाइएको यी नियमहरु यसअघि पनि कार्यान्वयन गर्ने प्रयास भएका थिए । तर सफल हुन सकेको थिएन ।
0 comments
Write Down Your Responses