ओली व्यङ्ग्य : एमाले जहाँ पुग्छ त्यहाँ उनीहरु कालो टालो हल्लाउँदै आउँछन्
नेपालगञ्जमा मंगलबार आयोजित एमाले सभामा व्यक्त ओलीको भाषण सारः
–एमालेका शान्तिपूर्ण अभियान बिथोल्न खोजिएको छ। २ महिना पहिले तय भएका एमालेका कार्यक्रम भाँड्न बन्द हड्ताल भएका छन्।
–जहाँ–जहाँ एमाले पुग्यो त्यहाँ भाँड्न पुगेका छन्। जहाँ–जहाँ एमाले भरभराउँदो सूर्य लिएर पुग्छ, त्यहाँ कपडाको टालो हल्लाउँछन् उनीहरू। उनीहरू घरदेखि कालो कपडा च्यात्न थाल्छन्, त्यही कालो कपडा बोक्छन्, भाटोमा त्यही कालो कपडाको टालो टाँग्छन्, त्यही हल्लाउँछन्। कालो बाहेक उनीहरुसँग अरु केही छैन।
– म मधेसी मोर्चालाई भन्न चाहन्छु तपाँइहरू नटुंङ्गिने यात्रामा हैन, शान्तिपूर्ण देश बनाउने यात्रामा आउनुस्। अरूको बहकावमा नेपाल हित विपरित काम नगर्नुस्।
– अब एमालेको गति अवरोध गर्न हिम्मत नगरे हुन्छ। एमाले जनतामा जान रोकिन्छ भन्ने भ्रम नपाल्नुस्। हामी ति सबै अवरोध अस्विकार गर्दै अगाडि बढ्छौं।
– एमालेका सभा बिथोल्न यातायात बन्द गरिएको छ, जिल्ला बन्द गरिएको छ, सभामा नजान धम्की दिइएको छ, तर पनि ति सबै कुराको प्रवाह नगरेर जनता एमालेका सभामा आएका छन्।
– कसलाई मतदान गर्ने भनेर जनताको मनमनमा फैसला भैसकेको छ। एमाले बाहेक अर्को कुनै पार्टी वा शक्ति छैन यो देशको विकास गर्ने, जनताको चाहान बुझ्ने र देशको स्वाभिमान बचाउने। अरु सबै देश भाँड्नेहरु हुन्।


0 comments
Write Down Your Responses