समाचार
»
नयाँ म्यानपावर खोल्ने काम स्थगित गर्न व्यवसायीको माग
नयाँ म्यानपावर खोल्ने काम स्थगित गर्न व्यवसायीको माग
वैदेशिक रोजगार व्यवसायी संघले नयाँ म्यानपावर संचालनका लागि इजाजतपत्र दिने काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ। संघले रोजगार मन्त्रालयलाई एक पत्र पठाई नयाँ इजाजतपत्र दिने काम तत्काल स्थगित गर्न आग्रह गरेको हो।

वैदेशिक रोजगार विभागले हालै म्यानपावर संचालनका लागि लाइसेन्स खुल्ला गरेपछि व्यवसायीहरुले त्यसको विरोध जनाएका हुन्। पछिल्लो समय वैदेशिक रोजगारमा जानेहरुको संख्या बढ्न नसकेको तथा नयाँ श्रम गन्तव्य मुलुकहरु थपिन नसकेको जनाउँदै संघले थप म्यानपावर संचालनको जरुरत नभएको जनाएको छ।
‘हाल ७ सय ५४ इजाजतपत्र व्यवसायीमध्ये करिब २ सयले वार्षिक १ सयभन्दा कम कामदार मात्रै वैदेशिक रोजगारीमा पठाउन सकेका छन्’ पत्रमा भनिएको छ ‘भारत तथा चीनमा पनि इजाजतपत्र संस्थाहरुको संख्या नेपालको भन्दा बढी नरहेको अवस्थामा यहाँ थप गर्नुपर्ने अवस्था छैन।’
व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्न गई कामदारलाई नै आर्थिक भार पर्ने भएकाले इजाजतपत्र वितरण कार्य रोक्नुपर्ने संघको माग छ।
संघका महासचिव रोहन गुरुङले सबै नागरिकलाई व्यवसाय गर्ने अधिकार भएको बताउँदै यूरोप तथा अमेरिका लगायत विकसित मुलुकमा नेपाली युवालाई रोजगार दिलाउन म्यानपावरको लाइसेन्स नभएर कसैको यो पेशा वञ्चित भएमा संघको कार्यालयमा सम्पर्क गर्न आग्रह गरे।
ति व्यक्तिलाई लाइसेन्स प्रयोग गर्न दिई वैधानिक तवरले कामदार पठाउन सहयोग गर्ने उनले बताए। खाडी मुलुक तथा मलेसियामा कामदार पठाउने उद्देश्यले नयाँ लाइसेन्स बितरण गर्दा अस्वस्थ प्रतिस्पर्धाले कामदार मारमा पर्ने उनको भनाई छ।
0 comments
Write Down Your Responses