Welcome to ...

भारतीय दूतावास अगाडि प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज (भिडियो
काठमाडौं- भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामामा एक नेपालीको मृत्यु भएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ। भारतीय दूतावास लैनचौर अगाडी घटनाको विरोधमा प्रदर्शन गरेका युवा विद्यार्थीलाई प्रहरीले लाठी चार्ज गरेको छ। घटनाको विरोधमा नारावाजी गरिरहेका विद्यार्थीहरुलाई प्रहरीले लाठी चार्ज गरेर तितरवितर बनाएको छ। एमाले निकट अखिलले घटनाको विरोधमा दूतावास अगाडी प्रदर्शनको आयोजना गरेको थियो। बिहीबार पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय प्रहरीको गोली लागेर ३० वर्षीय गोविन्द गौतमको निधन भएको थियो। भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा घुसेर नेपालीमाथि गोली चलाएका थिए।

0 comments

Write Down Your Responses