»
एमालेको मेची-महाकाली अभियान हेटौंडाबाट फेरि सुरु: 'देशको अहित हुँदा एमाले हेरेर बस्ने पार्टी होइन'
एमालेको मेची-महाकाली अभियान हेटौंडाबाट फेरि सुरु: 'देशको अहित हुँदा एमाले हेरेर बस्ने पार्टी होइन'
हेटौंडा— सप्तरी घटनापछि स्थगित भएको नेकपा (एमाले)को मधेस केन्द्रित मेची महाकाली राष्ट्रिय अभियान शुक्रबार हेटौंडाबाट फेरि सुरु भएको छ। हावाहुरी र हल्का वर्षाबीच हेटौंडाको भुटनदेवि चौरमा आयोजित आमसभामा बोल्ने एमालेका केन्द्रीय नेताहरुले संविधान संसोधनमा सहयोग नगर्ने पार्टीको अडान दोह¥याए। सप्तरी घटनाको विरोधमा बोल्दै एमालेको सहनशीलतालाई कमजोरी ठानिएको टिप्पणी गरे।
‘कालो झण्डा देखाइए तै पनि हामी आफ्नै सुरमा अगाडी बढ्यौं। हामीले आफ्ना कुरा राखेको हो। कसैले त्यसलाई विरोध नै गरेर भाँड्नु आवश्यक थिएन । तर सभा नै विथोल्न आउने, यो कस्तो चरित्र हो’ ओलीको प्रश्न थियो।
सभामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि सुरु भएको अभियानको विरोध गर्नु अनौठो संस्कार भएको बताए। ‘कालो झण्डा देखाइए तै पनि हामी आफ्नै सुरमा अगाडी बढ्यौं। हामीले आफ्ना कुरा राखेको हो। कसैले त्यसलाई विरोध नै गरेर भाँड्नु आवश्यक थिएन । तर सभा नै विथोल्न आउने, यो कस्तो चरित्र हो’ ओलीको प्रश्न थियो।
उत्पीडित शोषित जनताका लागि नभएर अंगिकृतको रक्षाका लागि संविधान संसोधनको प्रयास भएको भन्दै एमाले अध्यक्ष ओलीले सरकारको यो कामलाई आफूहरुले सफल हुन नदिने बताए। ‘यो देशको आवश्यकता नभएर निर्देशित मुद्दा हो। त्यसलाई एमालेले सफल हुन दिँदैन। देशको अहित हुने काम हुँदा एमाले हेरेर बस्ने पार्टी होइन’ ओलीको भनाइ थियो।

अरुले अत्याचार गरेमा सहेरै बस्ने चुप लागेरै बस्ने चरित्र एमालेको नभएको उनले बताए। शान्तिपूर्ण तरिकाले आफ्नो अभियानलाई जारी नै राख्ने उनको भनाइ थियो। सभामा बोल्दै एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको अभियान रोक्ने मात्रै नभएर उच्च नेतृत्वमाथि नै आक्रमण गर्ने उद्देश्यले सप्तरी घटना भएको बताए। एमालेको मेची महाकाली अभियान फागुन २१ गते झापाबाट सुरु भएको थियो।
फागुन २३ गते सप्तरी पुगेको एमालेको अभियान अन्तर्गत शीर्ष नेतृत्वको भाषण सकिए लगत्तै विरोध प्रदर्शन गरेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। सो झडपमा प्रहरीले चलाएको गोली लागेर तत्कालै चार जनाको मृत्यु भएको थियो। सप्तरीको राजविराजमा भएको सो घटना लगत्तै एमालेले मेची महाकाली अभियान तीन दिनका लागि स्थगित गरेको थियो।
प्रदेश नम्बर एक अन्तर्गतका तराइका जिल्ला सकेर प्रदेश नम्बर दुईमा प्रवेश गरी पहिलो कार्यक्रम गरे लगत्तै घटना भएको थियो। त्यसपछि प्रदेश नम्बर दुईका अन्य कार्यक्रमहरु स्थगित भएका छन्। तीन नम्बर प्रदेश अन्तर्गत हेटौंडामा फागुन २७ मै कार्यक्रम हुने पूर्व निर्धारित तालिका थियो। संघीय गठबन्धनले आह्वान गरेको बन्दका बीच एमालेले आमसभा गरेको हो। शनिबार चितवनको नारायणगढमा आमसभा हुनेछ।
हेटौंडाबाट अभियान टोली चितवन तर्फ लाग्दा मनहरीमा शीर्ष नेतृत्वलाई चेपाङ समुदायको चिनो जाबी (चेपाङ समुदायले भिर्ने हातले बुनेको झोला) दिने कार्यक्रम रहेको पुर्व सभासद् गोविन्दराम चेपाङले जानकारी दिए। सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङ मकवानपुर र चितवनको पहाडी क्षेत्रमा बस्छन्।
एमालेको अभियान टोलीलाई चितवन मकवानपुरको सिमाना लोथर बजारबाट भरतपुरसम्म मोटर साइकल ¥यालीसहित ल्याउने चितवन एमालेको तयारी छ। भरतपुर चौबिस कोठीबाट ¥याली सुरु गरेर नारायणगढ नारायणी नदी किनारमा आमसभा गर्ने कार्यक्रम रहेको एमाले चितवनले जानकारी गराएको छ । शनिबार नै टोली नवलपरासीतर्फ लाग्नेछ।
Labels:
0 comments
Write Down Your Responses