Welcome to ...

नरेन्द्र मोदीलाई पाकिस्तानी बालिकाको मार्मिक पत्र
एजेन्सीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ११ बर्षीया पाकिस्तानी बालिकाले मार्मिक पत्र लेखेकी छिन्। उत्तर प्रदेशको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले हासिल गरेको ऐतिहासिक जितका लागि बधाइ दिँदै बालिकाले भारत र पाकिस्तान बीचको शत्रुतापूर्ण सम्बन्ध सुधारका लागि प्रयास थाल्न आग्रह गरेकी छिन्। पाँच कक्षामा अध्ययनरत पाकिस्तानी छात्रा अकदतले प्रधानमन्त्री मोदीलाई चिठी मार्फत बधाइ दिएकी हुन्। पत्रमा बालिकाले मोदीलाई बधाइ दिनुका साथै भारत–पाकिस्तान बीचमा शान्तिका लागि अपिल समेत गरेकी छिन्। अकीदतले लेखेकी छिन् मोदीले भारत र पाकिस्तानका बीचमा पुलको काम गरी भारतीय र पाकिस्तानीको मन जित्नेतर्फ ध्यान दिनु आवश्यक छ। पाकिस्तानी न्यूज च्यानल दुनियाँ टिभीका अनुसार बालिकाले आफ्नो पत्रमा भारत र पाकिस्तान बीचमा शान्तिको आवश्यकतालाई जोड दिएकी छिन्। अकीदतले भनेकी छिन् दुई देश बीचको शान्तिको प्रयासलाई मोदीले बढावा दिन सक्छन्। अकीदतले मोदीलाई दुई पृष्ठ लामो पत्र लेखेकी छिन्। बालिकाले लेखेकी छिन् ‘एकदिन मेरो बुबाले भन्नु भएको थियो कसैको मन जित्नु सर्वश्रेष्ठ काम हो। सायद तपाइले भारतीयको मन जित्नुभो त्यसैले उत्तर प्रदेशको चुनाव जित्नुभो, म भन्छु की तपार्इंले अब अन्य भारतीय र पाकिस्तानीको मन जित्नु आवश्यक छ। तपार्इंले शान्ति र मित्रतातर्फ पाइला बढाउँन आवश्ययक छ। दुवै देशबीच राम्रो सम्बन्ध बनाउन आवश्यक छ। भारत–पाकिस्तानबीच शान्तिको पुल बनाउँनुअघि बढ्नोस बरु हामी गोलीको सट्टामा पुस्तक किन्नेछौं। बन्दुक किन्ने पैसाले गरीबका लागि औषधि किन्नेछौं।’ अकीदतले मोदीलाई बधाइ दिँदै पत्रको अन्त्य गरेकी छिन्। पाँच कक्षाकी छात्रा अकीदत लाहोरकी वासिन्दा हुन्। यसअघि उनले शान्तिका लागि अपिल गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई पनि पत्र लेखेकी थिइन् ।

0 comments

Write Down Your Responses