अर्थ रोजगार
»
७० हजार बढी कम्पनी खारेज गर्ने सरकारको तयारी
७० हजार बढी कम्पनी खारेज गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले ७० हजार भन्दा बढी कम्पनी खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले दर्ता भई काम नगरेका सबै कम्पनीहरु खारेज हुने जानकारी दिए।
बुधबार मन्त्रालयका पत्रकार सम्मेलन गर्दै मन्त्री जोशीले मंगलबार संसदबाट पारित कम्पनी ऐनमा दर्ता भई काम नगरेका सबै कम्पनीहरु खारेज गर्ने व्यवस्था भएको बताएका हुन्।। मन्त्री जोशीले संशोधनसहित पारित भएको कम्पनी ऐनले लगानीका लागि आवश्यक वातावरण निर्माण गर्ने काम गरेको बताए। उहाँले दर्ता भई काम नगरेका कम्पनीहरुलाई दण्डसजाय हुने व्यवस्था पनि ऐनमै गरिएको बताए।
उद्योग मन्त्री जोशीले कम्पनी ऐनले ५ करोड भन्दा बढि लगानी भएका नेपाल दुर संचार कम्पनीमा सर्वसाधारणले पनि सेयर हाल्न पाउने व्यवस्था गरेको बताए।
सार्वजनिक सेवा दिने ५ करोड भन्द बढी लगानी भएका सबै कम्पनीहरुमा सर्वसाधारणले सेयर हाल्न पाउने व्यवस्था गरिएको हो । दूरसंचार कम्पनीजस्ता अत्याधिक मुनाफामा रहेका कम्पनीहरुमा सर्वसाधारणले सेयर हाल्न पाउने व्यवस्था पहिलो पटक गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।
व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकले कम्पनी ऐन पहिलो संशोधन विधेयक २०७३ पारित गरेको थियो । सो विधेयकको ऐनमा ५ करोड भन्दा बढी लगानी रहेको कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था गरिएको छ । कम्पनी÷उद्योग दर्ता अनलाईनमार्फत् गर्ने कामलाई पनि कानुनी मान्यता दिइएको छ ।
0 comments
Write Down Your Responses