Welcome to ...

रुखमै चढेर पनि दर्शकहरु खेल हेरिरहेको दृश्यले एशोसियट क्रिकेट खेल्ने नेपालमा क्रिकेट क्रेज कति छ भन्ने प्रष्ट्याउँछ
२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन क्रिकेटअन्तर्गत नेपाल र केन्या त्रिबि क्रिेकट मेदानमा भिडिरहेका छन् । यसअघिका अन्तर्राष्ट्रिय म्याचमा जस्तै आज पनि खेल हेर्न आउने दर्शकको सहभागिता थेगिसक्नु छैन । घरेलु टोलीलाई उत्साह दिन र अन्तर्राष्ट्रिय खेलको मज्जा उठाउन त्रिबि क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् । मैदानभित्र मात्रै हैन, बाहिरबाट पनि म्याच हेर्न दर्शकको साथ नेपाली टोलीले पाएको छ । रुखमै चढेर पनि दर्शकहरु खेल हेरिरहेको दृश्यले एशोसियट क्रिकेट खेल्ने नेपालमा क्रिकेट क्रेज कति छ भन्ने प्रष्ट्याउँछ । बर्षाको पनि पर्वाह नगरी घरेलु दर्शकहरु आफ्नो टोलीको प्रदर्शन उकास्न उत्साह थपिरहेका छन् । क्रिकेटमा मैदानमा खेल्ने ११ खेलाडी जति सशक्त भूमिकामा हुन्छन्, टोलीलाई सर्पोट गर्न रंगशालामा आएका दर्शकको पनि उत्तिकै महत्व हुन्छ भन्ने मानिन्छ । त्यसैले दर्शकलाई मैदानको ‘१२ औं खेलाडी’ भनिन्छ । ।

0 comments

Write Down Your Responses