कालोबजारी गर्ने पेट्रोलपम्प सञ्चालक पक्राउ
शनिबार बिहान पाँच वटा ड्रममा भरीभराउ डिजेल ज १ त १०९० नम्बरको ट्रयाक्टरमा लोड गरी गौशाला बजारस्थित राधाकृष्ण किराना पसलमा ल्याइरहेको समयमा प्रहरीले पक्राउ गरेका छन् ।
गौशाला नगरपालिका–१ मा सञ्चालनमा रहेको उमेश आयल स्टोर्समा पेट्रोलियम पदार्थको कृत्रिम अभावको सिर्जना गरी सञ्चालक साहले आफैले सञ्चालन गरेको किराना पसलमा खुलेआम पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका थिए । पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानको लागि इप्रका गौशालामा राखिएको छ भने ट्रयाक्टर र डिजेल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।
२०७३ फागुन २८ गते १६:१९ मा प्रकाशित


0 comments
Write Down Your Responses