Welcome to ...

केन्यालाई जित्नैपर्ने अवस्थामा नेपाल, नेपालको राम्रो सुरुवात
काठमाडौं— नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरेको छ। सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए। आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन। ४ ओभरमा केन्याले केन्याले १४ रन बनाउँदा दुई विकेट गुमाएको छ। मेहबुब अालमले दुवै विकेट लिएका हुन्। आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन। घरेलु मैदानमा पाएको सुनौलो अवसरलाई शनिबार नेपालले सदुपयोग गर्न सकेन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले केन्यालाई ५ विकेटको नतिजा सुम्पियो। नेपाललाई सहज रूपमा एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्नका लागि केन्यालगायतका बाँकी सबै खेल जित्नैपर्ने अवस्था थियो। तर शनिबार पटकपटक वर्षाले प्रभावित खेलमा नेपाल घरेलु मैदानमा निरीह बनेपछि त्यो बाटो पनि कठिन बनेको छ। शनिबारको खेलपछि कप्तानको भूमिकामा रहेका ज्ञानेन्द्र मल्लले भने, ‘हाम्रो ढोका बन्द भयो भनेर भन्न मिल्दैन। तर आजको खेलबाट हामीले धेरै सिकेका छौं। आज हाम्रो ब्याटिङ कमजोर रहे पनि बलरले राम्रो रह्यो तर विश्वकपको सपना देख्ने हो भने हाम्रा ब्याट्सम्यानले आफूलाई प्रमाणित गर्र्नुपर्छ।’ अब नेपालले बाँकी सबै खेल जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ। केन्याबाहेक नेपालले अब प्रतियोगितामा तेस्रो स्थानको हङकङ र पुछारको युएईविरुद्ध खेल्न बाँकी छ। ९ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ भने केन्या १० अंकका साथ पाँचौं स्थानमा छ। ८ खेलबाट ११ अंक जोडेको स्टकल्यान्ड चौथो, १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो, ८ खेलबाट १२ अंक जोडेको पिएनजी १२ र १० खेलबाट १६ अंक जोडेको नेदरल्यान्ड शीर्ष स्थानमा छन्।

0 comments

Write Down Your Responses