समाचार
»
कञ्चनपुर गोलीकाण्डमा परराष्ट्रको विज्ञप्ति– भारतसँग घटनाको छानबिन र दोषीलाई दण्ड दिन माग
कञ्चनपुर गोलीकाण्डमा परराष्ट्रको विज्ञप्ति– भारतसँग घटनाको छानबिन र दोषीलाई दण्ड दिन माग
परराष्ट्र मन्त्रालयले भारतीय सीमा सुरक्षा बल (बिएसएफ) को गोली लागेर नेपाली नागरिकको ज्यान गएको घटनाप्रति आपत्ति जनाउँदै ‘दोषीलाई दण्ड दिन’ भारत सरकारसँग माग गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित नेपाल–भारत सीमावर्ति आनन्दबजारमा बिएसएफले चलाएको गोली लागेर बिहीबार दिउँसो नेपाली नागरिक गोविन्द गौतमको ज्यान गएको थियो। परराष्ट्रले बिहीबार राति अबेर गरी जारी गरेको विज्ञप्तिमा कञ्चनपुर गोलीकाण्डलाई सरकारले उच्च कूटनीतिक स्तरमा गम्भीरतापूर्वक उठाएको उल्लेख गरेको छ। ‘नेपाल सरकारले यो विषयलाई भारत सरकारको उच्च कूटनीति तहमा गम्भीरतापूर्वक राखिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले घटनामा छानबिन गरी दोषीलाई दण्ड दिन भारत सरकारसँग माग गरेका छौं।’ सीमावर्ति क्षेत्रमा थप तनाव बढ्न नदिन आवश्यक पहलको निम्ति पनि सरकारले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।
0 comments
Write Down Your Responses