Welcome to ...

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण ।
फाल्गुन २६, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‍मा हेरफेर गरेका छन् । नवनियुक्त मन्त्रीहरुले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । हेरफेर गरिएको मन्त्रिपरिषद्‍मा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीमा कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दिलानाथ गिरीले जिम्मेवारी पाएका छन् । नवनियुक्त दुवै मन्त्री राप्रपाका हुन् । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ भने खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि राप्रपाका तर्फबाट दीपक बोहरा र विक्रम पाण्डे अहिलेको मन्त्रिपरिषद्‍मा सहभागी छन्

0 comments

Write Down Your Responses