कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर
कार्यदलमा गृह, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सदस्य छन्। प्रधानमन्त्रीले शिविर सञ्चालन गरेर भए पनि कामदारको समस्या समाधान गर्न कार्यदललाई निर्देशन दिएका थियो।
कार्यदलले शिविर सञ्चालन गर्न आवश्यक प्रक्रिया सुरु गरेको कार्यदलका आमन्त्रित सदस्य सुशील ढुङ्गानाले जानकारी दिए। कुवेत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र मलेसिया लगायतका नेपालीको प्रमुख गन्तव्य मुलुकका विभिन्न सहरमा पुगेर शिविरले कामदारका लागि सहजीकरण गर्नेछ।
विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपालीलाई वैधानिक बनाउन तथा त्यहाँ कार्यरत नेपालीको समस्या पहिचान गर्न शिविरले काम गर्ने अपेक्षा गरिएको छ। रासस


0 comments
Write Down Your Responses