समाचार
»
सप्तरी गोलीकाण्डः ५ दिनपछि यसरी हुँदैछ ५ मृतकको शवयात्रा
सप्तरी गोलीकाण्डः ५ दिनपछि यसरी हुँदैछ ५ मृतकको शवयात्रा
सप्तरी गोलीकाण्डः ५ दिनपछि यसरी हुँदैछ ५ मृतकको शवयात्रा
राजविराज– सप्तरी गोलीकाण्डको ५ दिनपछि ५ मृतकको आज शवयात्रा निकालिँदै छ ।
एमाले मेची–महाकाली अभियानका क्रममा गत सोमबार भएको झडपमा प्रहरीले गोली चलाउँदा मधेसी मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मृतक पाँच कार्यकर्ताहरुको शनिवार शवयात्रा निकाल्ने तयारी गरेको हो ।
विहान १० बजे निकाल्ने भनिएको शवयात्रा विहानैदेखि वर्षाका कारण प्रभावित भएकोले वर्षा रोकिएसँगै सुरु हुने मोर्चाका सप्तरी जिल्ला संयोजक दिनेशकुमार यादवले बताए ।

गत सोमवार अभियान विथोल्न गएका मोर्चा सप्तरीका कार्यकर्ता र प्रहरीविच झडप हुँदा एकको घटना स्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
मधेशी मोर्चा आवद्ध केन्द्रिय नेता÷कार्यकर्ताको सहभागीता रहने शवयात्रा हनुमाननगर, भारदह, कञ्चनपुर, फत्तेपुर, विरेन्द्रबजार, रुपनी हुँदै सिरहाको लहान नगरपालिका स्थित रमेश चौकसम्म जाने तथा पु

नः विसनपुर, बोदे वरसाईन हुँदै राजविराजमा आएर शव परिवारजनको जिम्मा लगाईने मधेशी मोर्चा आवद्ध राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय सचिव गजेन्द्र मण्डलले जानकारी दिएका छन्
0 comments
Write Down Your Responses