कञ्चनपुरको आनन्द बजार क्षेत्रमा निषेधाज्ञा जारी
हाल प्रहरी बसेको स्थान पनि नेपाली भूभागमै स्थानीयबासीको भनाई छ। कल्भर्ट बनाइएको स्थानभन्दा ५ सय मिटर दक्षिणतर्फसम्म नेपाली भूमि रहेको र भारतले हडप्न खोजेको उनीहरुको भनाइ ।
शनिबार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको उनले बताए। आनन्द बजारको ५ सय मिटर पूर्व, पश्चिम र उत्ततरतर्फ तथा दक्षिणमा भारतसँग जोडिएको सीमासम्म निषेधाज्ञा जारी गरेको हो।
भारतीय प्रहरीको ज्यादतिका विरुद्ध नेपाली युवा तथा स्थानीयले सो क्षेत्रमा बिहानै देखि प्रदर्शन गरिरहेका थिए। प्रहरीले प्रदर्शनकारीलाई घटना भएको स्थल(कल्भर्ट) भन्दा ५ सय मिटर वरै रोकेको छ। घटना स्थल भएको क्षेत्रमा प्रहरीले अहिले कसैलाई जान दिएको छैन ।
भारतीय प्रहरी कल्भर्ट भएको भन्दा ४ सय मिटर दक्षिणतर्फ बसिरहेका छन्। हाल प्रहरी बसेको स्थान पनि नेपाली भूभागमै स्थानीयबासीको भनाई छ। कल्भर्ट बनाइएको स्थानभन्दा ५ सय मिटर दक्षिणतर्फसम्म नेपाली भूमि रहेको र भारतले हडप्न खोजेको उनीहरुको भनाइ ।
भारतीय एसएसबीले भने ‘गुगल म्याप’ले कल्भर्ट भएको स्थान भारतमा पर्ने देखाएको भन्दै स्थानीयले बनाएको कल्भर्ट भत्काइ दिएपछि विवाद उत्पन्न भएको थियो।


0 comments
Write Down Your Responses