Welcome to ...

अनुहार चम्काउने १२ घरेलु तरिका
अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्धत गर्छ। १) दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ। २) डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने। ३) एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४/५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ। ४) अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ । ५) निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ। ६) पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ। ७) काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ। ८) काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ । ९) अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ। १०) सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने। ११) एभोकाडोको लेप बनाई १५ मिनेट लगाउँदा अनुहार सफा र चम्किलो बनाउँछ। १२) गोलभेडाको टुक्रालाई अनुहारमा लगाएर हल्का रुपमा मसाज गर्नाले अनुहारको फोहोर सफा हुन्छ। यसबाट छालाको मृत कोषिका र धूलोमैलो हटाएर बन्द भएका रोमछिद्र खुलाउँछ। स्वास्थ्य खबरपत्रिकाबाट

0 comments

Write Down Your Responses