समाचार
»
'बन्दकर्ता हौं' भन्दै बालाजुमा गुडिरहेको साझा बसमा आगजनी
'बन्दकर्ता हौं' भन्दै बालाजुमा गुडिरहेको साझा बसमा आगजनी
काठमाडौं– साझा यातायातमा यात्रु बनेर यात्रा गरिरहेका चार युवा समुहले बस बालाजु पुगेपछि आफूहरु बन्दकर्ता भएको भन्दै बसमा पेट्रोल छर्केर आगजनी गरेका छन्।
घटनास्थलमा रहेको प्रहरीले तत्कालै बसको सीटमा लागेको आगो निभाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जाशीले बताए। तत्काल आगो निभाइएकोले बसको सीटमा सामान्य क्षति मात्र भएको उनले बताए।
एनका अनुसार घटनामा संलग्न चार मध्ये कसैलाई पनि पक्राउ गर्न नसकिएको उनले बताए। बसमा क्षति हुन नदिन प्रहरी आगो निभाउन थालेकोले बन्दकर्ताहरु बताउने युवाहरु भाग्न सफल भएको उनले बताए।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व)ले नेपाल बन्दको आह्वान गरेको थियो।
0 comments
Write Down Your Responses