एसएसबीद्वारा मारिएका गौतमको 'पोष्टमार्टम' रिपोर्ट भारतले माग्यो
‘नेपाल—भारत सीमामा हिजो एक नेपालीको गोली प्रहारबाट मृत्यु भएको भनिएको घटना छानवीन गर्न सशस्त्र सीमा बलले छानवीन सुरु गरेको छ’, विज्ञप्तिमा भनिएको छ।
भारतीय सुरक्षाकर्मीले नेपाली भूमि प्रवेश गरी गोली चलाउँदा कञ्चपुर अानन्दबजार नाकामा गोविन्द गाैतमको मृत्यु भएको थियो।
घटनाबारे काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेको २४ घन्टा नबित्दै विदेश मन्त्रालयले अर्को विज्ञप्ति निकालेको हो। नेपाल सरकारलाई कुटनीतिक माध्यममार्फत् पोष्टमार्टम तथा फोरेन्सिक रिपोर्टहरु सेयर गरी यो प्रक्रियालाई सहजीकरण गर्न भारतले आग्रह गरेको छ।
विज्ञप्तिमा घटनालाई लिएर एसएसबीले छानवीन सुरु गरेको उल्लेख छ। ‘नेपाल—भारत सीमामा हिजो एक नेपालीको गोली प्रहारबाट मृत्यु भएको भनिएको घटना छानवीन गर्न सशस्त्र सीमा बलले छानवीन सुरु गरेको छ’, विज्ञप्तिमा भनिएको छ।
घटनापछि नेपालको कञ्चनपुर र भारतको लखिमपुर खिरीका अधिकारीहरु भेट गरी त्यहाँ शान्ति सुव्यवस्था कायम राख्ने सहमति भएको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।
काठमाडौंस्थित भारतीय दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै एसएसबीको गोलीबाट नेपाली मारिएको घटना अस्वीकार गरेको थियो। नेपालको गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा प्रत्यक्षदर्शीले भारतीय सुरक्षाकर्मीकै गोलीबाट गाैतमको
आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागी बिहीबार पुनर्वास–८ आनन्दबजार निवासी ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो। भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा घुसेर नेपालीमाथि गोली चलाउँदा ६ जना घाइते भएका थिए। ती मध्ये सुरेश थापाको अवस्था गम्भीर छ। उनको सेती अस्पतालमा उपचार भइरहेको छ।
घटनाको विरोधमा कञ्चनपुरको अानन्दबजार नाकामा पाँच हजारभन्दा बढी नेपाली युवाले प्रदर्शन गरिरहेका छन्। अप्रिय घटना हुन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ। बुधबार राति एसएसबीका जवान सीमावरि आएर नेपालीलाई कुटपिट गरेका थिए। भारतीय सुरक्षाकर्मीको दमनको विरोधमा उत्रिएका स्थानीयलाई एसएसबीले नेपाली भूमिमै आएरै गोली चलाउँदा गाैतमको मृत्यु हुन पुगेको थियो।


0 comments
Write Down Your Responses