केन्याद्वारा नेपाल सामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत
२८औं ओभरमा नेपालका लागि सन्दीप लामिछानेको बलमा कोलिन्सलाई विकेटकिपर बिनोद भण्डारीले स्टम्प गरे । उनले ४८ रनको योगदान दिए ।
त्यसपछि शरद भेस्वाकरको बलिङमा इरफान करिम क्याच आउट भएपछि लगातार रुपमा केन्याको विकेट पतन भयो ।
२१ रन बनाएका राकेप पटेल बसन्त रेग्मीको बलमा सोमपाल कामीबाट क्याच आउट भए ।
नेपालका लागि शरद भेस्वाकरले ३ तथा आलम र रेग्मीले २–२ विकेट लिए ।
शनिबार भएको पहिलो खेलमा नेपाल पाँच विकेटले हारेको थियो ।
सन् २०१९ को एकदिवसिय विश्वकप छनोटको यात्रा जीवतै राख्न नेपालका लागि यो खेल गर वा मरको स्थितिमा छ । पहिलो खेलमा केन्यासँग हार खाएपछि नेपालको एकदिवसिय विश्वकप छनोटको यात्रा कठिन भएको छ ।
शनिवार परायज भोगेको नेपाल आज बदला लिने तयारी छ । यद्यपी नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ ।
नेपाली टोलीमा शनिवाकै सदस्य छन्, अर्थात खेलाडी परिवर्तन भएका छैनन् । ज्ञानेन्द्र मल्ल क्याप्टेन, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सञ्जिव लामिछाने, दीपेन्द्रसिंह ऐरी, महबुब आलम, सुनील धमला नेपाली टोलीमा छन् ।


0 comments
Write Down Your Responses