Welcome to ...

केन्याद्वारा नेपाल सामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत
काठमाडौं– आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत आज केन्या र नेपालबीचको दोस्रो खेलमा केन्याले नेपालसामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । केन्याले ४६ ओभरमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको हो । टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको नेपालले राम्रो शुरुवात गर्यो । मेहबुब आलमले कसिलो बलिङ गर्दै केन्याका शुरुवाती दुई विकेट लिए । आलमको पहिलो शिकार एलेक्स ओवान्डा एलबीडब्लुमा परे भने दोस्रो शिकार धीरेन गोन्डारिया बोल्ड भएका थिए । आलमले एकै ओभरमा दुई विकेट लिएका थिए । त्यसपछि आएका कोलन्स ओबुया र ओपनर इरफान करिमले केन्याको पारी सम्हाले । २ विकेटको क्षतिमा १४ रनबाट दुवै स्कोर ९३ सम्म पुर्याए । २८औं ओभरमा नेपालका लागि सन्दीप लामिछानेको बलमा कोलिन्सलाई विकेटकिपर बिनोद भण्डारीले स्टम्प गरे । उनले ४८ रनको योगदान दिए । त्यसपछि शरद भेस्वाकरको बलिङमा इरफान करिम क्याच आउट भएपछि लगातार रुपमा केन्याको विकेट पतन भयो । २१ रन बनाएका राकेप पटेल बसन्त रेग्मीको बलमा सोमपाल कामीबाट क्याच आउट भए । नेपालका लागि शरद भेस्वाकरले ३ तथा आलम र रेग्मीले २–२ विकेट लिए । शनिबार भएको पहिलो खेलमा नेपाल पाँच विकेटले हारेको थियो । सन् २०१९ को एकदिवसिय विश्वकप छनोटको यात्रा जीवतै राख्न नेपालका लागि यो खेल गर वा मरको स्थितिमा छ । पहिलो खेलमा केन्यासँग हार खाएपछि नेपालको एकदिवसिय विश्वकप छनोटको यात्रा कठिन भएको छ । शनिवार परायज भोगेको नेपाल आज बदला लिने तयारी छ । यद्यपी नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ । नेपाली टोलीमा शनिवाकै सदस्य छन्, अर्थात खेलाडी परिवर्तन भएका छैनन् । ज्ञानेन्द्र मल्ल क्याप्टेन, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सञ्जिव लामिछाने, दीपेन्द्रसिंह ऐरी, महबुब आलम, सुनील धमला नेपाली टोलीमा छन् ।

0 comments

Write Down Your Responses