समाचार
»
३६ हजार ६ सय ५४ प्रतिनिधि छान्न निर्वाचन आयोगलाई चटारो
३६ हजार ६ सय ५४ प्रतिनिधि छान्न निर्वाचन आयोगलाई चटारो
काठमाडौ– आगामी बैशाख ३१ हुने स्थानीय तहको निर्वाचनपछि मुलुकभर ३६ हजार ६ सय ५४ जना जनप्रतिनिधि छान्नुपर्ने हुन्छ । यस कामका लागि निर्वाचन सम्पन्न गर्ने निकाय निर्वाचन आयोग अहिले अहोरात्र खटिएको छ ।
नयाँ संरचनाअनुसार स्थानीय तह पुर्नसचना प्रतिवेदनका आधारमा मुलुकभरका ७४४ वटा स्थानीय निकायमा ३६ हजार ६ सय ५४ जनालाई प्रतिनिधित्व गराउने कामका लागि आगामी बैशाख ३१ गते हुने निर्वाचन स्वतन्त्र, निश्पक्ष र धाधलीरहित कसरी बनाउने भनेर आयोग आयोगका पदाधिकारी यसरी दिनरात खटिएका हुन् । संघीय संरचना अनुसार मुलुकभर ६ हजार ६ सय ८३ वटा वडा छन् भने ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका र २ सय ४६ नगरपालिका भैसकेका छन् । यी सवैमा बैशाख ३१ गते निर्वाचन हुदैछ ।
जसमा महानगर प्रमुख र उपप्रमुख, उपहानगरप्रमुख र उपप्रमुख, नगर प्रमुख र उप्रमुख, वडाध्यक्ष, उपाध्यक्ष, सदस्य लगायत हुनेछन् ।
निर्वाचन मिति आउन झण्डै ६० दिनमात्र बाँकी रहेकाले आयोगले आफ्नो कामलाई तीव्रता दिनुपरेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जनाएका छन् । चुनावका लागि आवाश्यक पर्ने पर्यबेक्षक, कर्मचारी, मतपत्र छपाइ र सुरक्षाकर्मीको व्यवस्थापन गर्न आयोगले पछिल्लो समय दिनरात र सार्वजनिक विदाको दिन समेत नभनी काम गरिरहेको निर्वाचन आयोगका सुचना अधिकारी एवं् उपसचिव सुर्यप्रसाद अर्यालको भनाई छ ।
सुचना अधिकारी अर्यालका अनुसार समय छोटो भएका कारण आयोगलाई कामको चापाचाप रहेको छ । ‘धेरै कामहरु गर्नुपर्ने भएकाले अहिले हामी दैनिक १८ घण्टासम्म काम गरिरहेका छौ,’ सुचना अधिकारी अर्यालले भने, ‘स्थानीय तहको संख्या र सिमाना सहितको प्रतिवेदन आयोगमा आएसँगै कामको गति पनि बढेको छ ।’ आयोगले सोमबारभित्र निर्वाचनका लागि आवाश्यक पर्ने पर्यवेक्षक÷पर्यवेक्षण संघ संस्था र व्यक्तिको टुङगो लगाउनेछ ।
यस्तो छ, आयोगको तयारी
– आगामी २० चैतभित्र अन्तिम मतदाता नामावली प्रकाशनको तयारी ।
– १० चैतमा मतदान केन्द्र निर्धारण गरिसक्ने ।
– २०७४ बैशाख ३ भित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने ।
– ७ वैशाखसम्ममा मतपत्र छपाइ सम्पन्न गर्ने ।
– १० वैशाखमा जिल्ला सदरमुकाममा मतदाता नामावली लगिसक्ने ।
कर्मचारी खटाउन चैत्र ३ को समयसीमा
निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहमा चैत ३ भित्र कार्यस्थलमै पुग्ने गरी तत्काल कर्मचारी खटाउन सरकारलाई फागुन २८ गते निर्देशन दिएको छ । आयोगले चुनावका लागि स्थानीय तहमै अनिवार्य रूपमा कर्मचारी आवश्यक पर्ने भन्दै चैत ३ भित्र कार्यस्थलमा पुग्ने गरी कर्मचारी व्यवस्थापन गर्न सरकारलाई यस्तो निर्देशन दिएको हो ।
संघीय संरचनाअघि २ सय १७ नगरपालिका, एक महानगरपालिका र केही उपमहानगरपालिकामा मात्र कार्यकारी अधिकृतसहितका कर्मचारी छन् । बाँकी ४ सय ८१ गाउँपालिकासहित ५ सय ३३ वटा स्थानीय तहमा नयाँ कर्मचारी खटाउनुपर्ने भएकाले धेरैजसो स्थानीय तहमा गर्नुपर्ने काम लठिभद्र जस्तै छ । आयोगले स्थानीय तहमा भएसम्म सम्बन्धित सेवा–समूहका स्वीकृत दरबन्दीकै कर्मचारी खटाउनपनि भनेको छ ।
सुरक्षाकर्मीको प्रबन्ध
स्थानीय निर्वाचनका लागि कति सुरक्षाकर्मी आवाश्यक पर्छ भन्ने टुङगो लगाइसकेको छैन, यद्यपी चुनावमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको अलवा म्यादी प्रहरी समेत परिचालन गर्ने तयारी भएको आयोगले जनाएको छ । आयोगका सुचना अधिकारी अर्यालका अनुसार केही दिनभित्रै सुरक्षाकर्मीबारे पनि टुङगो लागि सक्नेछ ।
0 comments
Write Down Your Responses