चिनियाँ विज्ञको टोली राजधानीमा
काठमाडौं : चीनको युनान प्रान्तका विज्ञहरुको एक प्रतिनिधीमण्डल नेपाल भ्रमणमा आएको छ । युनान एकेडेमी अफ सोसल साइन्सेसका अध्यक्ष हे जुकुनको नेतृत्वमा आठ सदस्यीय चिनियाँ प्रतिनिधीमण्डल यहाँ आएको हो । प्रतिनिधीमण्डलले चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई नेतृत्वको नेपाली टोलीसंग भेटेको छ ।
भेटमा केन्द्रका महासचिव भट्टराईले युनान प्रान्तले नेपाल लगायत दक्षिण एसिया क्षेत्रको संबन्ध विकासमा खेलेको भूमिकाको प्रशंशा गरेको केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
युनान प्रान्तले बर्षेनी एसियाली बृहत् प्रदर्शनी आयोजना गरेर सीमापार हिमालयन कनेक्टिभिटी र ब्यापार प्रबर्धन गरेकोप्रति भट्टराईले कृतज्ञता ब्यक्त गरेका थिए ।
युनान प्रान्तले बर्षेनी एसियाली बृहत् प्रदर्शनी आयोजना गरेर सीमापार हिमालयन कनेक्टिभिटी र ब्यापार प्रबर्धन गरेकोप्रति भट्टराईले कृतज्ञता ब्यक्त गरेका थिए ।
चिनियाँ टोलीमा युनान प्रान्तका अन्र्तराष्ट्रिय क्षेत्रीय सहकार्य महानिर्देशक मा जुन, इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज अफ युनानका अध्यक्ष चेन लिजुन लगायत छन् । भेटमा युनान एकेडेमी अफ सोसल साइन्सेसका अध्यक्ष जुकुनले नेपाल र चीनबीच प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए ।
अर्को विज्ञ टोली आउने
केन्द्रको निमन्त्रणामा अर्को एक चिनियाँ प्राज्ञिकहरुको टोली आगामी साता नेपाल आउने भएको छ । बेइजिङ्स्थित रेनमिन युनिभर्सिटीका प्राध्यापक वाङ् यीउई लगायत ६ जना चिनियाँ विज्ञहरु नेपाल आउने भएका हुन् । काठमाडौमा हुन लागेको ‘बेल्ट एन्ड रोड’ संबन्धि गोष्ठिमा सहभागि हुन उनीहरु आउन लागेका हुन् ।

0 comments
Write Down Your Responses