अब संविधान संशोधनको सम्भावना टर्यो: रायमाझी
उनले भने,‘हिजो मैले जे भनेको थिएँ, आज त्यही सही सावित भयो, आज आएर सिमाङ्कनको मात्रै नभएर सबै संशोधन प्रस्तावहरू रोकिएका छन्, अब संशोधनको सम्भावना मात्र १ प्रतिशत छ, ९९ प्रतिशत सम्भावना टरेको छ, निर्वाचनमा मुलुक गईसक्यो, कसैले शंका गर्नुपर्दैन, कसैले रोक्न पनि सक्दैन, यो देशको लागि खुशीको कुरा हो।’
नेता रायमाझीले भने,‘मोर्चाको हातमा जतिबेला ताला चाँबी थियो, त्यति बेला उहाँहरूले अधिकारको ढोका खोल्नु भएन, आज त्यो चाँबी कमल थापा र विजय गच्छदारको हातमा पुगिसक्यो, यस्तो स्थितिमा संशोधन झनै सम्भव छैन। अर्को कुरा २ नम्बर प्रदेशका नेताहरू ५ नम्बर प्रदेशको भाग खोस्न जाने र त्यहाँ देखिएका दृश्यहरू हेरेर हाँस्ने जस्तो भुल अरु के हुन सक्छ?’


0 comments
Write Down Your Responses