Welcome to ...

मधेसका ठेकेदारले भन्दैमा संविधान संशोधन हुँदैनः अधिकारी read
भक्तपुरः नेकपा एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारीले मधेसका दुई/चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताएका छन्। मुलुकको एकतालाई विगार्ने संविधान स्वीकार्य नभएको बताउँदै अधिकारीले संविधान संशोधनभन्दा पहिला निर्वाचन गराउनुपर्ने बताएका हुन्। निर्वाचन नगराउने सरकारको कदमलाई चिरफार गर्न एमालेले मेची–महाकाली अभियान थालेको उनले बताए। रफत सञ्चार क्लवले सोमबार गरेको कार्यक्रममा अधिकारीले एमालेलाई विकासविरोधी भन्नेहरुलाई प्रमाणीत गर्न चुनौती दिँदै निर्वाचन अगाडि संविधान संशोधन कुनै पनि हालतमा नहुने बताए। एमालेको मेची-महाकाली अभियान देखेर केही शक्तिहरु तर्सिएकाले अभियान विथोल्न लागिपरेको उनले आरोप लगाए। प्रजातान्त्रिक पद्धतिमा हरेक राजनीतिक पार्टीलाई राजनीतिक सभा गर्ने छुट रहेको बताउँदै उनले अभियान विथोल्न खोज्नेहरु राष्ट्र र राष्ट्रियताविरोध भएको बताए। संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उनले निर्वाचनमा मधेसी मोर्चा पनि सहभागी हुने बताए। एमालेको संयमतालाई कायरताका रुपमा नबुझिदिन आग्रह उनले गरे। एमालेले तराई मधेसका जनतालाई सचेत गराउन जागरण अभियान थालेको बताउँदै नेता अधिकारीले एमालेको जागरण अभियानलाई चुनावी अभियानका रुपमा नबुझ्नसमेत आग्रह गरे।

0 comments

Write Down Your Responses