सप्तरी घटनाको विरोधमा बिहानैदेखि प्रदर्शन, जनजीवन प्रभावित read
बन्दका कारण सिरहा, सप्तरी, रौतहट, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्ला प्रभावित भएका छन्। यातायात, कलकारखाना, व्यापार व्यवसाय ठप्प भएका छन् भने शैक्षिक संस्था पनि खुल्न सकेका छैनन्।
मोर्चाका कार्यकर्ता प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाहीको माग प्रदर्शनमा उत्रिएका हुन्। घटनापछि त्यहाँको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।


0 comments
Write Down Your Responses